Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अतृप्त मन

अतृप्त मन

  • 720
    SHARES
  • अतृप्त मन

    कहिले कुन कन्दरामा रोकिन्थें
    ॐ माने पेमे हुँ सुनें
    ॐ नमोः शिवाय्  सुनें
    मभित्र
    शान्तिको गोरेटोहरू कोरिन थालें 
    कान्तिको आभाहरु छरिन थालें ।

    images

    अतृप्त थिए
    मरुथानको काकाकुल झैँ
    जीवन मृत्युको धारमा थिएँ
    जीवन खोज्दै जङ्गल जङ्गल चाहार्थें ‌‌
    मृत्यु सम्झदै अर्थ बेहोसिमा कराउँथें‌
    बुद्धम् शरणम् गच्छामी सुनें
    राधे राधे सुनें हरि ॐ सुनें  
    मभित्र 
    शशीका मुलहरू फुट्न थालें
    प्रेमका नसाहरुमा खुल्न थालें ।

    के छ ॐ माने पेमे हुँ मा
    ॐ नमोः शिवायमा
    राधे राधेमा
    खै कुन जुनिको उपासना थियो यो
    ॐभित्र तिमी
    माने पेमेभित्र तिमी
    राधे राधेभित्र तिमी
    प्रेम नै ईश्वर
    ईश्वर नै प्रेम । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology