Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

  • 145
    SHARES
  • सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो ।

    बैठकमा प्रधानमन्त्री दाहालले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

    प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij