Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

  • 84
    SHARES
  • पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन ।

    पोखरा महानगरपालिका–१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पताल’को आज आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए । हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो ।

    कास्कीका साथै आसपासका जिल्लाका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए ।

    उनका अनुसार भवन प्रदेश सरकारको छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल निर्माणका लागि  सिद्धबाबा/फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट चाँडै अन्तरंग, बहिरंगसहितका सेवा प्रदान गरिने जानकारी दिए । अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायत सुविधा रहने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij