Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गाउँपालिका कार्यालय सार्न थालेको भन्दै प्रदर्शन, १३ सेल अश्रुग्यास प्रहार 

गाउँपालिका कार्यालय सार्न थालेको भन्दै प्रदर्शन, १३ सेल अश्रुग्यास प्रहार 

  • फाल्गुण २१, २०७७ शुक्रवार २०:०४ बजे
  • 968
    SHARES
  • गाउँपालिका कार्यालय सार्न थालेको भन्दै प्रदर्शन, १३ सेल अश्रुग्यास प्रहार 

    सर्लाही । चन्द्रनगर गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित स्थानीयले नाडिमनस्थित कार्यालयमा तालाबन्दी गरेपछि स्थिति तनाबग्रस्त बनेको छ । 

    गाउँपालिका अध्यक्ष महेन्द्र महतोले आफ्नै गाउँमा कार्यालय लैजान खोजेको भन्दै स्थानीयले उनका स्वकिय सचिवलाई आक्रमण गर्ने प्रयाससमेत गरेका थिए ।

    भीड नियन्त्रण गर्न प्रहरीले १३ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले व्यक्तिमाथि आक्रमण हुने अवस्था आएपछि अश्रुग्यास चलाउनु परेको बताएको छ ।

    प्रहरीले बल प्रयोग गर्दा करिब डेढ दर्जन स्थानीय घाइते भएका छन् । प्रहरीतर्फ पनि चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    चन्द्रनगर गाउँपालिकाको कार्यालय नाडिमनस्थित ७ नम्बर वडामा छ । गाउँपालिका अध्यक्षले उनकै घर भएको वडा २ मा कार्यालय सार्न खोजेको भन्दै कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए । 

    प्रदर्शनमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरु सहभागी छन् । गाउँपालिका अध्यक्ष जनता समाजवादी पार्टीका हुन् ।  गाउँपालिका अध्यक्ष महतोले कार्यालय नसरेको बताउँछन् ।

    उनले शनिबार विशेष गाउँ सभा डाकेको उल्लेख गर्दै दुई तिहाइ सदस्यले निर्णय नगरेसम्म कार्यालय नसर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij