Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

यसरी मनाइयो सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस

यसरी मनाइयो सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस

  • 256
    SHARES
  • यसरी मनाइयो सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस

    सर्लाही । सर्लाहीमा शुक्रबार सामुदायिक वन उपभोक्ता महासंघले २९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।

    ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, सुशासन अर्थतन्त्र समृद्धिको मूल आधार’ भन्ने नाराका साथ स्थापना  दिवस मनाएको हो । 

    सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवस मनाउन जिल्लाभरिका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि र उपभोक्ताहरू सहभागी भएका थिए । 

    Ban-diwas.jpg
    हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानलाई विरूवा दिँदै महासंघ अध्यक्ष सिताराम पाेखरेल

    सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम बिहानी सामुदायिक वन उपभोक्ता समिति मुर्तिया हजारविघामा भएको हो । 

    कार्यक्रममा  हरिवन नगरपालिकाका उपमेयर हरिमाया घलान, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्यहरू उत्तर कुमार मैनाली, पार्वती बिक, रिता कुवँर लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीलाई सामुदायिक वन उपभोक्ता महासंघले विभिन्न जातका बिरुवा वितरण गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij