Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

  • 117
    SHARES
  • एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

    पछिल्लो समय सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ ।

    त्यस्तै, र्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij