वेबटिभी खबर
काठमाडाैं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले राजनीतिक दलका नेताहरूले विश्वचर्चित फुटबलर मेसी र नेयमारबाट संस्कार सिक्नुपर्ने बताएका छन् ।
कोपा अमेरिकाको फाइनल खेल हेरेपछि नेता भट्टराईले राजनीतिकर्मीहरूले प्रतिस्पर्धा र मित्रताको संस्कार मेसी र नेयमारबाट सिक्नुपर्ने बताएका हुन् । आइतबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलाई पराजित गर्याे ।
घरेलु मैदानमै पराजित भएपछि ब्राजिलको फुटबल टोलीका कप्तान नेयमार मैदानमै रोए । पछि उनले आफ्ना प्रतिस्पर्धी अर्जेन्टिनाका कप्तान मेसीलाई अंगालो हाल्दै विजयको लागि बधाई दिए ।
सोही दृश्य टेलिभिजनमा हेरेपछि नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिस्पर्धा र मित्रताको सँगम नै साँचो खेल हो । लजालु मेसी र चन्चले नेयमार ! राजनीतिकर्मीले पनि सिक्दा हुने दुर्लभ फोटो !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij