Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सशस्त्र प्रहरीद्वारा १ करोड १ लाख बरामद

सशस्त्र प्रहरीद्वारा १ करोड १ लाख बरामद

  • 182
    SHARES
  • सशस्त्र प्रहरीद्वारा १ करोड १ लाख बरामद

    सुनसरी । सुनसरीबाट जेठ १९ गते शनिबार  राती सशस्त्र प्रहरीले हुन्डिको आशंकामा १ करोड १ लाख रूपैयाँ बरामद गरेको छ । 

    सुनसरी जिल्लाको  हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

    बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ ।

    रकमसँगै कार र  चालक सुनसरी जिल्ला  हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारीलाई समेत  नियन्त्रणमा लिईएको सशस्त्र पहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाइ आबश्यक अनुसन्धान  तथा कारबाहीका लागि  रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij