Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

आत्मघाती गोलका कारण मारिएका फुटबल खेलाडी 

आत्मघाती गोलका कारण मारिएका फुटबल खेलाडी 

  • 1.8K
    SHARES
  • आत्मघाती गोलका कारण मारिएका फुटबल खेलाडी 

    कोलम्बिया । फुटबललाई अझै पनि विश्वभर सबैभन्दा मनपर्ने खेल मानिन्छ । महामारीका कारण फुटबलका धेरै खेलहरु रोकिएपछि प्रशंसकहरु निराश भएका थिए । अर्बौं डलरको कारोबार हुने फुटबल दुनियाँमा कहिलेकाँही सुखद, अचम्म लाग्ने र दुःख लाग्ने घटना पनि भएका छन् । 

    images

    पहिलो विश्वयुद्धका बेला मेत्रीपूर्ण फुटवल खेल हेर्नका लागि जर्मन र बेलायती सैनिकले युद्ध नै रोकका थिए । युद्ध रोकेर फुटवल हेर्नु सुखद घटना भए पनि कोलम्बियामा भएको एउटा घटनालाई भने फुटवलको दुनियाँमा निकै दुःखद मानिन्छ । 

    सन् १९९४ मा भएको विश्वकपमा समूह चरणका खेल भइरहँदा रोमानिया स्कोरबोर्डमा अगाडि थियो भने कोलम्बिया स्कोरबोर्डको अन्तिम तिर थियो । दुवै टिममा उत्कृष्ट खेलाडी थिए । कोलम्बियालाई पनि त्यससमयमा विश्वकप उपाधिको दाबेदार मानिन्थ्यो । 

    कोलम्बियाका खेलाडी एन्ड्रियास एस्कोबार, जो पूर्णरुपमा फुटबल स्टार थिए भने रोमानियाका खेलाडी जिका हाजीकाका कारण उक्त टिमलाई विश्वको एक उत्कृष्ट फुटबल टिम मानिन्थ्यो । 

    एकै समूहमा परेको कोलम्बियालाई रोमानियाले ३-१ ले पराजित गर्यो । अर्काे खेल कोलम्बियाले अमेरिकासँग खेल्नु पर्ने भयो । यो खेल जित्न नसके कोलम्बिया विश्वकपबाट बाहिरिने पक्का थियो । यसपछि कोलम्बियाको राष्ट्रिय टिमका खेलाडीलाई लागूऔषध माफिया पाब्लाे एस्काेबारकाे लागूऔषध कार्टेलले अमेरिकाविरुद्धको खेल नजिते परिवारको हत्या गर्ने धेरै धम्कीहरु दिएका थिए । कोलम्बियाको राष्ट्रिय टिमका लागि यो एउटा फुटबल खेलभन्दा पनि जीवन र मृत्युबीचको खेल थियो । 

    colombia.jpeg

    त्यही समयमा कोलम्बियाका खेलाडी छोन्ता हेरेराका भाइको एक रहस्यमयी दुर्घटनामा परेर मृत्यु भयो । तर सबैलाई कार्टेलले मारेको भन्ने थाहा थियो । यस घटनापछि कोलम्बिया टिमका पुरै खेलाडी खेल छोड्ने सोचमा थिए । तर एन्ड्रियास एस्कोबारले सबै खेलाडीलाई सम्झाएर अमेरिकाविरुद्ध खेल्न तयार पारे । 

    खेलमा अमेरिकी राष्ट्रिय टोलीले पहिलो गोल गर्यो । खेलकै क्रममा पछि कोलम्बियन टिमका डिफेन्डर एन्ड्रियास एस्कोबारले आत्मघाती गोल गरे । उक्त खेलमा कोलम्बिया २-१ गोलले अमेरिकासँग पराजित भयो । एन्ड्रियास आफूले गरेको गल्तिका कारण अत्यन्तै नराम्रो महसुस गरेका थिए । सुरक्षाका दृष्टिकोणले सम्पूर्ण टिमले एन्ड्रियासलाई केही समय लुकाउन सल्लाह दिए पनि उनी भूमिगत हुन मानेनन् । 

    सन् १९९४ को जुलाई २ मा एन्ड्रियास आफ्ना केही साथीसँग बारबाट बाहिर निस्किँदै थिए । बारको चारैतिर रहेका मानिसहरुले उनको आत्मघाती गोलका कारण आलोचना गरे । एन्ड्रियासले यसलाई स्वीकारे । विश्वकप सुरु भएको १० दिनपछि करिब ३ बजेतिर बारको पार्किङमा उनी एक्लै भएको वेला ३ व्यक्तिले ३८ क्यालिभर रिभल्भरले उनीमाथि गोली चलाएर भागे । एन्ड्रियासको हत्या यति निर्मम थियो कि उनीमाथि १२ वटा बुलेट चलाइएको थियो । 

    केही दिनपछि हत्यारा कार्टेल बोसको अंगरक्षक हम्बर्टो कास्त्रो मुओजले उनको हत्या गरेको पहिचान भयो । हम्बर्टोलाई ४३ वर्षको जेल सजाय सुनाए पनि उनी ११ वर्षमै जेलमुक्त भए । 

    खेलकै क्रममा गल्ति गर्दा २७ वर्षको उमेरमा मारिएका फुटबलर एन्ड्रियासको अन्त्येष्टिमा १ लाख २० हजार मानिस उपस्थित भएका थिए । 

    हिस्ट्री अफ एस्ट्रडेबाट 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology