Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जनताको साथ भएपछि लोकतन्त्रले दीर्घायु प्राप्त गर्छ : नेता बडू

जनताको साथ भएपछि लोकतन्त्रले दीर्घायु प्राप्त गर्छ : नेता बडू

  • 141
    SHARES
  • जनताको साथ भएपछि लोकतन्त्रले दीर्घायु प्राप्त गर्छ : नेता बडू

    काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले मुलुकमा गणतन्त्र प्राप्तिपछि सडक पूर्वाधारका अतिरिक्त शिक्षा, स्वास्थ्य र सञ्चार प्रविधिका क्षेत्रमा धेरै प्रगति भएको बताएका छन् ।

    गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि प्रतिक्रिया दिँदे नेता बडूले गणतन्त्रपछि पूर्वाधार विकासमा भएका कामलाई एक ठाउँमा राखेर सबै जनतालाई जानकारी दिने गरी आयोजना गरिएको तस्बिर प्रदर्शनी आफैँमा महत्वपूर्ण रहेको बताए ।

    पूर्वमन्त्री बडूले भने, ‘राससले तस्बिर प्रदर्शनी राखेर धेरै महत्वपूर्ण काम गरेको छ । गणतन्त्रपछि केही भएन भन्ने आवाज उठिरहेका बेला त्यसो होइन, केही भएको छ भन्ने तस्बिरबाट नै स्पष्ट छ ।’

    पूर्वपश्चिम सडक पूर्वाधार अलिअघिदेखि भए पनि चौडा गर्ने काम धमाधम भइरहेको उल्लेख गर्दै उनले उत्तरदक्षिण करिडोरले पनि विगतको भोगाइ र हिँडाइलाई कम गरेको विचार प्रकट गरे ।

    गणतन्त्र र संघीयतापछि गाउँगाउँमा सडक सञ्जाल विस्तार भएको भन्दै पूर्वमन्त्री बडूले संघीयतामार्फत गाउँमा नजिकको सरकार पाएको र अनुभूति हुने गरी विकासका काम अघि बढिरहेका धारणा व्यक्त गरे ।

    उनले भने, ‘विगतमा दार्चुलाका विभिन्न गाउँमा पुग्न ३५ दिनसम्म लाग्ने गरेकामा अहिले घटेर पाँच दिनमा सीमित भएको छ । स्थानीय तह संघीयताको जग भएकाले जनताको साथ पाइरहेको छ । जनताको साथ परिर्वतनसँग जोडिएपछि दीर्घायु प्राप्त गर्छ ।’

    अहिलेसम्मको उपलब्धिलाई हेर्ने हो भने अब केही हुन्छ भन्ने भरोसा मिलेको उल्लेख गर्दै नेता बडूले पछिल्लो समय मुलुकभर नै सन्तुलित विकासका पूर्वाधार बनिरहेको जानकारी दिए ।

    उनले भने, ‘यसलाई अझ गति दिनुपर्छ । चाँडो जनतालाई परिवर्तनको प्रत्याभूति दिनुपर्नेछ । त्यसकारण हामीले परिवर्तनलाई जनस्तरसम्म पुर्याउनुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # जनता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij