Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

  • 208
    SHARES
  • विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

    काठमाडौं । आइसिसी टि-२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।

    अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो ।

    डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।

    टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो।  अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए ।

    उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक-एक विकेट लिए ।

    त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे ।

    अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक-एक विकेट रह्यो ।

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij