Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकद्वार उदयपुरस्थित ५ नम्बर गण उद्घाटन 

सशस्त्र प्रहरी महानिरीक्षकद्वार उदयपुरस्थित ५ नम्बर गण उद्घाटन 

  • 763
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षकद्वार उदयपुरस्थित ५ नम्बर गण उद्घाटन 

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आइतबार उदयपुर जिल्लाको सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् ।

    त्रियुगा नगरपालिका वार्ड नं. ९ मा नवनिर्मित गणको उद्घाटन गर्दै खनालले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने क्रममा गुल्मलाइ गणमा स्तरोन्नति गरिएको बताए ।

    उनले गण उद्घाटनका अवसरमा सशस्त्र प्रहरीका सकल दर्जाले देखाएको इमान्दारि, अनुशासन, कर्तव्यपरायणता तथा काम प्रतिको उच्च समर्पण भावका कारण संगठन अहिलेको स्थानमा आइपुगेको उल्लेख गरे ।

    Apf Udayapur.jpg

    महानिरीक्षक खनालले सीमा सुरक्षालाइ प्रभावकारी बनाउन २ सय २४ वटा बोर्डर आउटपोस्ट स्थापना भइसकेको र यो बर्ष १ सय २० वटा थप गर्ने लक्ष्यसहित गृहकार्य भइरहेको जानकारी दिए ।

    अहिले निरन्तर वर्षा भइरहेकाले बाढीपहिरो जानसक्ने हुँदा तत्काल उद्धारमा जुट्न र जुनसुकै बेला परिचालित हुन तयार अवस्थामा बस्न उनले निर्देशन दिए ।

    गण उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बलदेब चौधरी, सुरक्षा निकायका प्रदेश प्रमुख तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । तत्कालिन त्रियुगा गुल्मलाई २०७५ सालमा स्तरोन्नति गण स्थापना गरिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij