Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

  • 111
    SHARES
  • क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

    महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी दिइन् ।

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

    सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # क्यान्सर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij