Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनु पर्छ : अध्यक्ष ओली

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनु पर्छ : अध्यक्ष ओली

  • 101
    SHARES
  • एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनु पर्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

    एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनु पर्ने बताएका हुन ।

    अध्यक्ष ओलीले काठमाडौँको पार्टी संगठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे।

    ‘यद्यपि गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’ अध्यक्ष ओलीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij