Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

  • 120
    SHARES
  • मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    जनकपुर । मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आजको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    संवैधानिक व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरी पारित भएपछि असार १ गते बजेट ल्याउनुपर्ने छ । यहाँ केही दिनअघि जनमत पार्टीको नेतृत्वमा मधेश सरकार गठन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij