Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

  • 130
    SHARES
  • दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

    बाग्लुङ । जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बाग्लुङको सिमानामा पर्दछ ।

    उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताए । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उनको भनाइ छ ।

    सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना संकलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले जनाए । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जंगल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी संकलन गरिने उनले जानकारी दिए ।

    तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना संकलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताए । उनका अनुसार पालिकाले हालसम्म करिब १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।

    योसँगै पालिकाले सोलेडाँडामा ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।

    ‘सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ’, अध्यक्ष बुढामगरले भने, ‘अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij