Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मोहना नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

मोहना नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

  • 132
    SHARES
  • मोहना नदीमा झोलुङ्गे पुल निर्माण हुँदै

    कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण अगाडि बढाइएको छ ।

    कृष्णपुर–९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार एक सय ५७ र नगरपालिकाको १४ लाख २२ हजार सात सय ६६ को लागत साझेदारीमा पुल निर्माण भइरहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिए ।

    उनका अनुसार बाँकी रकम बराबर स्थानीयले श्रमदान गर्ने छन् । निर्माण भइरहेको पुलको लम्बाइ एक सय १९ दशमलव ८० मिटर रहेको छ । पुल निर्माणका लागि आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरले गरिरहेको छ ।

    नगरपालिका र उपभोक्त समितिबीच गत जेठ १ गते सम्झौता भई विसं २०८३ जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने समय निर्धारण गरिएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले नदीमा पुल नहुँदा स्थानीयले हिउँदमा अस्थायी काठेपुल राखेर नदी ओहरदोहर गर्दै आएका बताए ।

    यहाँ झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवागमनमा सहज हुनाका साथै व्यापार, व्यवसायमा वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij