Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

खेतमा बाढी पस्दा मकैबाली नष्ट

खेतमा बाढी पस्दा मकैबाली नष्ट

  • 126
    SHARES
  • खेतमा बाढी पस्दा मकैबाली नष्ट

    झापा । अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका-२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिए ।

    त्यस्तै, गए राति झापा-३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ ।

    उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब २० हजार बराबरको क्षति भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मकै

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij