Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाढीले १८ घर प्रभावित नौ परिवारलाई सुरक्षित स्थानान्तरण

बाढीले १८ घर प्रभावित नौ परिवारलाई सुरक्षित स्थानान्तरण

  • 87
    SHARES
  • बाढीले १८ घर प्रभावित नौ परिवारलाई सुरक्षित स्थानान्तरण

    झापा । सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

    जिल्लाको दक्षिणवर्ती ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा बढी प्रभावित भएका हुन् । कचनकवल-५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सो ठाउँका कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरूपमा विस्थापित भएका छन् । उनीहरू स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । 

    स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् । त्यसैगरी झापा गाउँपालिका-६ स्थित युवा टोलका चार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

    शरणामती बजार क्षेत्रबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेका दिपक आचार्य, सीता दुलाल, प्रदीप सिंह र नवीन बराइलीको परिवारलाई स्थानीय केदार श्रेष्ठको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    वर्षासँगै पहिरो जाँदा अर्जुनधारा-२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । सो घरका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

    अर्जुनधाराको वडा नं १ मा खानेपानीको मुहानमा क्षति पुगेको छ । वडा नं २ स्थित राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् ।

    वडा नं ३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको रेडक्रस झापाका सभापति ढकालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij