Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

  • 281
    SHARES
  • बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

    संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा सात करोड बराबरको क्षति भएको छ ।

    खाँदबारी- थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा- अरुणथान खण्डमा सडकको ‘सब-बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ ।

    थामसेर्कु -कप्ताने सडक र कप्ताने- नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिए ।

    एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

    मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथांका हुँदै चीनसँग जोडिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij