वेबटिभी खबर
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपाललाई कोरोनाविरुद्धको थप खोप दिन तयार रहेको बताएकी छिन् ।
चिनियाँ राजदूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले उत्पादनमा वृद्धि हुने वित्तिकै नेपाललाई थप खोप उपलब्ध गराउन चीन तयार रहेको बताएकी हुन् ।
‘चीनबाट १० वटा भ्याक्सिन निर्माण भएको छ । जसमध्ये २ वटाले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेको छ’, राजदूत होउले भनिन्, ‘खोप निर्माणको क्षमतामा वृद्धि हुने वित्तिकै बढी भन्दा बढी खोप नेपाललाई दिन तयार छौ ।’
पत्रकार सम्मेलनमा उनले पहिलो चरण कोरोना महामारीको समयमा चीनलाई अफ्ठ्यारोमा पारेको बेला नेपालले गरेको सहयोग सहयोगलाई चिनियाँ जनताले सधै सम्झिएको बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij