Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

  • 162
    SHARES
  • मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

    मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । 

    आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।

    बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij