वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलासँगै देश अस्थिरतामा फस्ने खतरा रहेको टिप्पणी गरेका छन् । सोमबार अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेको हो ।
अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij