Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु 

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु 

  • आषाढ ११, २०८१ सोमवार १४:४६ बजे
  • 284
    SHARES
  • दक्षिण कोरियाको ब्याट्री प्लान्टमा भएको आगलागीमा कम्तीमा २० जनाको मृत्यु 

    सियोल । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । उद्धारका लागि खटिएका अग्निनियन्त्रकले २० वटा जलेका शव निकालेको बताएका छन् ।

    सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।

    घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान छ ।

    टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विष्फोट भइरहेको देखिएको छ ।

    करिब दुई हजार तीन सय वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कंक्रिट भवनमा कसरी आगलागी भयो भन्नेबारे खुलिसकेको छैन् ।

    लिथियम ब्याट्री जलाउँदा परम्परागत आगो निभाउने विधिबाट सम्हाल्न गाह्रो हुने भएकाले अग्निनियन्त्रकहरूलाई आगो निभाउन कठिनाइ भइरहेको बताइएको छ ।

    प्लान्टको दोस्रो तल्लाबाट भागेका एक प्रत्यक्षदर्शीले ह्वासेओङ फायर स्टेसनलाई बताएअनुसार आगलागीको समयमा एउटा ब्याट्री विष्फोट भएको थियो ।

    पहिलो विष्फोटपछि आगो तीव्र गतिमा फैलियो र ब्याट्रीहरू एकपछि अर्को गर्दै लगातार विस्फोट भएका थिए । विष्फोटसँगै एक्कासी फैलिएको आगोका कारण उद्धारकर्ताहरूलाई भित्र जान र खोजी गर्न गाह्रो भएको र त्यहाँ कार्यरत कामदार आगालागीमा फसेको बताइएको छ । प्लान्टभित्र कम्तीमा ३५ हजार ब्याट्री रहेको अनुमान गरिएको छ ।

    सोमबार करिब ६७ जना कामदार ड्युटीमा रहेको र अझै २१ जना सम्पर्कविहीन रहेकोले थप हताहत भएको हुनसक्ने अनुमान छ । 

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उपलब्ध सबै जनशक्ति र उपकरण परिचालन गरी हराइरहेका व्यक्तिको खोजी र उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका छन् । 

    सरकारले केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयको आपतकालीन बैठक बोलाई विपदबाट हुने क्षतिन्यूनीकरणका उपायबारे छलफल गरेको छ । 

    बैठकमा गृह तथा सुरक्षामन्त्री ली साङ–मिनले सबै सम्बन्धित सरकारी निकाय र स्थानीय सरकारलाई आगो निभाउन र पीडितको उद्धारका लागि उपलब्ध सबै स्रोत साधन र कर्मचारी परिचालन गर्न आग्रह गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij