वेबटिभी खबर
काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा हुँदै भारततर्फ अवैध रुपमा लैजान थालेको एक सय सात कार्टुन मदिरा मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृतकुमार श्रेष्ठको कमान्डमा खटिगएको मोबाइल गस्तीले मामाश्री ब्रान्डको मदिरासहित ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मदिरा ओसारपसार गर्नेमा सप्तरीकै राजगढ गाउँपालिका–२ बस्ने २६ वर्षीय नारायण यादव र सोही गाउँपालिका ३ नम्बर वडाका २४ वर्षीय रोहित मुखिया रहेको सशस्त्र प्रहरीले जनाएको छ । मदिरासहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij