Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

  • 179
    SHARES
  • पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह

    पाल्पा । पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।

    नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले रु दुुई लाख २९ हजार दुई सय १९ रकम सहयोग गरेको हो ।

    समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताए । पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, संघसंस्थाबाट रकम संकलन  भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिए ।

    नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न संघसंस्था, व्यक्तिबाट गरी हालसम्म ३५ लाख ४६ हजार एक सय ५८ रकम संकलन भइसकेको अध्यक्ष कार्कीले बताए । बिरामीलाई आवश्यक पर्ने रगत आफन्त विभिन्न व्यक्ति, संघसंस्थासँग आग्रह माग्नुपर्ने अवस्था छ ।

  • सम्बन्धित विषय:

  • # पाल्पा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij