Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

  • 158
    SHARES
  • करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

    अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    जिल्लाको तुर्माखाद गाउँपालिका-६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा-७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो ।

    झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा विमललाई पनि करेन्ट लागेको थियो । करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका विमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

    झंकर विक भने घाइते छन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij