Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  • 124
    SHARES
  • लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

    प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे । प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए ।

    आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र संघबाट १२ अर्ब एक करोड र संघबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij