Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

रजनीकान्तले राजनीतिबाट सन्यास लिए

रजनीकान्तले राजनीतिबाट सन्यास लिए

  • 127
    SHARES
  • रजनीकान्तले राजनीतिबाट सन्यास लिए

    काठमाडौं । भारतका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ खारेज गरे ।

    रजनीकान्तले पार्टी पदाधिकारीसँग भविष्यमा राजनीतिमा कहिल्यै फर्किने योजना नभएको पनि बताए । उनले पार्टीका सबै सदस्यसँग छलफल गरेर यस्तो निर्णय लिएका हुन् । रजनीकान्तको नयाँ संगठन ‘रजनी फ्यान क्लब एसोसिएसन’ सामाजिक सेवामा सक्रिय हुनेछ । 

    गत २९ डिसेम्बरमा रजनीकान्तले स्वास्थ्य अवस्था बिग्रिएकाले आफू निर्वाचनबाट टाढा रहने निर्णय गरेका थिए । उनले तमिल भाषामा चिठी लेख्दै निर्वाचनमा नगई जनताको सेवा गर्ने बताएका थिए । 

    २५ डिसेम्बरमा रक्तचापमा भइरहेको उतारचढावका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका थिए । यसपछि चिकित्सकले उनलाई आराम गर्न र कोरोनाबाट बच्न सल्लाह दिएका थिए । त्यसभन्दा अघि ३ डिसेम्बरमा रजनीकान्तले नयाँ पार्टी बनाएर २०२१ को विधानसभा निर्वाचन लड्ने घोषणा गरेका थिए । पछि ३१ डिसेम्बरमा नयाँ पार्टीको घोषणा गरे र निर्वाचनमा सहभागी नहुने बताएका थिए । उनी हालै उपचार गरेर अमेरिकाबाट भारत फर्किएका छन् । 

    रजनीकान्तलाई दादा साहब फाल्के पुरस्कार  रजनीकान्तलाई दादा साहब फाल्के पुरस्कार 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology