Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सर्वाेच्चकाे फैसलाबाट विचलित नहुन नेता-कार्यकर्तालाई भट्टराईकाे आग्रह

सर्वाेच्चकाे फैसलाबाट विचलित नहुन नेता-कार्यकर्तालाई भट्टराईकाे आग्रह

  • 830
    SHARES
  • सर्वाेच्चकाे  फैसलाबाट विचलित नहुन नेता-कार्यकर्तालाई भट्टराईकाे आग्रह

    काठमाडौं ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको सम्मान र स्वागत गर्ने बताएका छन् । तर उनले यो फैसलाबाट विचलित नहुन नेता-कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

    संसदभित्र र बाहिर नेकपा एमाले एक ढिक्का हुने विश्वास रहेको पनि उनले उल्लेख गरेका छन् । नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।’

    उनले अघि लेखेका छन्, ‘हिजो भएको १० बुँदे सहमतिलाई इमान्दारिताकासाथ कार्यान्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij