Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

  • 151
    SHARES
  • विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता

    काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् ।

    प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए ।

    उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए ।

    प्राधिकरणबाट आज साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ ।  पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक घाइते छन् ।

    डा भट्टराईले ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको बताए ।

    प्राधिकरणका अनुसार विपद्ले आज ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij