वेबटिभी खबर
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले आर्थिकरुपमा अतिविपन्न दलित, मुक्तहलिया, मुक्तकमैया परिवारलाई आज अनुदानमा बाख्रा वितरण गरेको छ ।
राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरको समन्वयमा नगरपालिकाको दलित लक्षित मागमा आधारित कार्यक्रमअन्तर्गत दलित, मुक्तहलिया, मुक्तकमैया परिवारका ४० जनालाई एक÷एक वटाको दरले बाख्रा वितरण गरिएको छ ।
सो कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु छ लाख रकम परिचालन गरिएको छ । आर्थिकरुपमा विपन्न दलित, मुक्तहलिया, मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि अनुदानमा बाख्रा वितरण गरिएको समाजका अध्यक्ष शिवी लुहारले बताए ।
उनकाअनुसार नगरपालिकाको नौ वटा वडाका अतिविपन्नको सूचीमा रहेका दलित २० वडा नं ४ र ५ का मुक्तकमैया १० परिवार र पाँच वटा वडाका मुक्तहलिया १० परिवारलाई बाख्रा वितरण गरिएको छ ।
किसान मंगल लुहारले अनुदानमा बाख्रा पाउँदा खुसी लागेको बताए । ‘व्यावसायिक बाख्रापालनको सोच छ, खोर निर्माणका लागि पनि सहयोग पाए काम गर्न सजिलो हुने थियो’, उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij