Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

  • 113
    SHARES
  • युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

    एजेन्सी । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरे ।

    आक्रमण बिहान ४ः३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

    यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ । पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।

    दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij