Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

‘सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ’

‘सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ’

  • 113
    SHARES
  • ‘सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ’

    मोरङ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

    नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको  ‘विराटनगर खानेपानी सुधार आयोजना’को आज यहाँ शिलान्यास गर्दै मन्त्री राईले पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताए ।

    सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन संघ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बताए । जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिए ।

    कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ-आफ्नो धारणा राखेका थिए ।

    आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने  संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij