Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

  • 233
    SHARES
  • ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

    ललितपुर । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ ।

    पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज उद्घाटन गरे । त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समय भन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए ।

    महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई  प्रत्यक्ष लाभान्वित हुने जनाए । ‘कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ’, महर्जनले भने ।

    कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij