Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • 104
    SHARES
  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढंगले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको  समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

    प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफल अहिले पनि जारी छ । आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij