वेबटिभी खबर
गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गरेको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो ।
मन्त्री गुरुङले आव २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गर्नुुभएको थियो । बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ ।
चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो ।यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ-आफ्ना धारणा राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij