Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

  • 159
    SHARES
  • मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

    मनहरी । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म करिब ३३ हजार बिरामीले आयुर्वेद सेवा लिएका छन् ।

    कार्यालय प्रमुख डा ललिता पाण्डेले मकवानपुरमा त्यस अवधिमा ३२ हजार नौ सय ९१ जनाले सेवा लिएका जानकारी दिए । उनले पाँचवटा नागरिक आरोग्य सेवा केन्द्र र तीनवटा औषधालयबाट सेवा दिइएको बताए ।

    ‘कार्यालयमै आएर १७ हजार ६ सय ८०, हटिया आयुर्वेद औषधालयबाट दुई हजार दुई सय ३९, चुरियामाईबाट एक हजार तीन सय ८०, काँकडाबाट दुई हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट नौ हजार तीन सय ९२ जनाले सेवा लिएका छन् ’, डा पाण्डेले भने।’

    चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ मा महिला स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण, पूर्वकर्म-पञ्चकर्म कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

    चिकित्सालयले बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म, पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्यआहार कार्यक्रम, ज्येष्ठ नागरिक तथा अकुपञ्चरलगायत सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयबाट २३ थरीका औषधि निःशुल्क रूपमा वितरण भइरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij