Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

केपी ओलीपक्षीय नेताहरूलाई भीम रावलले दिए यस्तो चेतावनी 

केपी ओलीपक्षीय नेताहरूलाई भीम रावलले दिए यस्तो चेतावनी 

  • 12.9K
    SHARES
  • केपी ओलीपक्षीय नेताहरूलाई भीम रावलले दिए यस्तो चेतावनी 

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका राजनीतिक घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उत्साहित बनेका नेता रावलले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन् । 

    images

    उनले भने, 'सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ ।’ 

    राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित नरहे त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको नेता रावलले बताएका छन् ।

    उनले पार्टीकै केपी ओली पक्ष राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिकाप्रति केन्द्रित नरहेकाे संकेत गरेका हुन् । उनले भने, 'राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेनभने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ । सबैलाई चेतना भया ।'   

    हेर्नुहोस् उनको ट्वीट 

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology