Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

[ओली प्रवृत्तिबारे बाबुरामका चार टिप्पणी] इतिहासबाट छिटो बिदा गरौं

[ओली प्रवृत्तिबारे बाबुरामका चार टिप्पणी] इतिहासबाट छिटो बिदा गरौं

  • 740
    SHARES
  • [ओली प्रवृत्तिबारे बाबुरामका चार टिप्पणी]  इतिहासबाट छिटो बिदा गरौं
    यो भष्मासुर प्रवृत्ति हो
     
    हिन्दु मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्) को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् ! ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ !
     
    यो हिटलर प्रवृत्ति हो
     
    जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहुदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्तत: दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ । नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति/समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।
     
    यो स्टालिन प्रवृत्ति हो
     
    रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ( मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए । नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ ।
     
    यो चाउचेस्कु प्रवृत्ति हो
     
    पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार,विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता,आफन्त/आसेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेता/कार्यकर्ता तथा जनता यति निरीह, लाचार, पीडित थिए कि अन्तत: जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो ! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण/ओम्नीप्रकरण लगायतका अनगिन्तिभ्रष्टाचार,राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली/ढाँटबाँट,आसेपासेको बाक्लो घेरा/उदण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ !
     
    *अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभइरस भन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ ! 
     

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology