Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेकपा ओली पक्षको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

नेकपा ओली पक्षको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

  • फाल्गुण २२, २०७७ शनिवार १७:४६ बजे
  • 1.1K
    SHARES
  • नेकपा ओली पक्षको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ । 

    नेकपाका सांसद खिमलाल भट्टराईका अनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसकेकाले र भोलिसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिए ।  

    संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरे । 

    आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकताबद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश दिएको सांसद भट्टराईले बताए । 

    दिउँसो ३ बजेबाट सुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो । भोलि आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij