Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सुनको मूल्य तोलामा चार सय घट्यो 

सुनको मूल्य तोलामा चार सय घट्यो 

  • 105
    SHARES
  • सुनको मूल्य तोलामा चार सय घट्यो 

    काठमाडौं । सुनको मूल्य सोमबार तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । 

    आइतबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज एक लाख ४४ हजार सात सय कायम भएको छ । 

    महासंघले चाँदीको मूल्य भने आज पनि स्थिर रहेको जनाएको छ । आइतबार एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij