Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

  • 136
    SHARES
  • घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

    कञ्चनपुर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।

    राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij