Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मन्दिर पुगेपछि ट्रोलर्सको निशानामा सारा अली खान 

मन्दिर पुगेपछि ट्रोलर्सको निशानामा सारा अली खान 

  • 882
    SHARES
  • मन्दिर पुगेपछि ट्रोलर्सको निशानामा सारा अली खान 

    मुम्बई । बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी आफ्नो अपकमिङ प्रोजेक्ट्स र व्यक्तिगत जीवनसँग जोडिएका कतिपय कुराहरु सेयर गर्छिन् । यतिवेला उनी आसामको चर्चित कामाख्यदेवी मन्दिर दर्शन गर्न पुगेकी थिइन् ।

    images

    उनले मन्दिर पुगेका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरिन् । तस्बिर सेयर गरेपछि उनी ट्रोलर्सको निशानामा परेकी छन् । ट्रोलर्सले उनको धर्मलाई लिएर प्रश्न गरेका छन्, ‘मुस्लिम हो कि हिन्दू ?’ 

    शान्ति, धन्य र कृतज्ञ लेख्दै उनले सार्वजनिक गरेका तस्बिर मुनि धेरैले उनको  तारिफ गरेका छन् भने केहीले धर्मका बारे सवाल उठाएका छन् । 

    साराले सन् २०१८ मा अभिषेक कपुर निर्देशित फिल्म केदारनाथबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । यसपछि रणवीर सिंहसँग मुख्य भूमिकामा सिम्बा, अक्षयकुमार र धनुषसँग अतरंगी रे फिल्ममा अभिनय गरिसकेकी छन् । यी फिल्ममा साराको अभिनयको खुबै तारिफ गरिएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology