Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

  • 160
    SHARES
  • आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदैछन् ।

    वर्तमान सरकारलाई साथ दिएको नेकपा एमालले सत्ता समीकरण परिवर्तन गरेपछि प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

    एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको थियो । आज बस्ने प्रतिनिधिसभाले विश्वासका मत दिएको खण्डमा प्रचण्डको प्रधानमन्त्री यात्राले निरन्तरता पाउने छ भने विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा वर्तमान सरकार ढल्नेछ ।

    प्रतिनिधिसभामा नेतृत्व गर्ने अधिकांश दलहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेकाले उनी सत्ताच्युत हुने पक्कापक्की जस्तै छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij