Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द 

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द 

  • 122
    SHARES
  • पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द 

    काठमाडौं । सडक विभागले गत बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गरिएको बताएको छ ।

    सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

    ‘आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij