Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सगरमाथा आरोही शेर्पालाई कामपाको सम्मान

सगरमाथा आरोही शेर्पालाई कामपाको सम्मान

  • 83
    SHARES
  • सगरमाथा आरोही शेर्पालाई कामपाको सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ ।

    कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो । शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराएका थिए । उनी वडा नं ४ को स्थायी बासिन्दा हुन् ।

    वडास्तरीय दौड प्रतियोगिताको समापन कार्यक्रममा शेर्पालाई सम्मान गरिएको हो । वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले भने, ‘सर्वोच्च शिखरमा वडाको नाम फहराएर शेर्पाले वडावासीको पहिचान उच्च बनाउनुभएकाले उहाँलाई सम्मान गरिएको हो । यसप्रकारको पहिचान प्रवर्द्धन गर्ने अवसर थोरैलाई मात्र प्राप्त हुन्छ ।’

    ‘स्वस्थ्य जीवनका लागि दौड’ नारा राखेर वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा विद्यालयका छात्रछात्रा, खुला महिला पुरुष र भेट्रान समूह बनाइएको थियो ।

    दौडमा विद्यालयका छात्रछात्राका लागि र ५५ वर्ष उमेर समूहमाथिका भेट्रान समूहका लागि तीन किलोमिटर र खुला महिला पुरुषका लागि पाँच किलोमिटर दूरी राखिएको वडासचिव श्याम पाण्डेले जानकारी दिए ।

    प्रतियोगितामा विद्यालयका एक सय २० छात्रछात्राको सहभागिता थियो । वडामा सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालय छन् । यीमध्ये सामुदायिक चारवटा विद्यालय छन् ।

    खुला महिला पुरुष गरी ९६ र भेट्रान ६८ जनाले भाग लिनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij