Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिमलताल बस दुर्घटना अपडेट : तीन शवको पहिचान

सिमलताल बस दुर्घटना अपडेट : तीन शवको पहिचान

  • 225
    SHARES
  • सिमलताल बस दुर्घटना अपडेट : तीन शवको पहिचान

    चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।

    गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका-२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

    उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ ।

    मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढ्नुभएको थियो । मृतक विकासको शव नजिकै फेला परेको अर्को शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ ।

    उक्त शव सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए । गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको छ । मृतकका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ । दुई शव शनिबार नै आफन्तले लगेका छन् ।

    शुक्रबार काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । 

    काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ ।

    पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij