वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको पहिलो दिन चारजना मन्त्री नियुक्त गरेका छन् ।
शीतल निवासमा आयोजित सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवाले सपथ लिएलगत्तै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिए ।
नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडलाई गृह मन्त्रालय, ज्ञानेन्द्र कार्कीलाई काुनन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, पम्फा भुषाललाई उर्जा तथा जलस्रोत मन्त्रालय र जनार्दन शर्मालाई अर्थमन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नयाँ बनेका मन्त्रीमा खाँड र कार्की कांग्रेसका हुन भने भुषाल र शर्मा माओवादी केन्द्रका हुन् । देउवाको सरकार बनाउन सहयोग गर्ने जनता समाजवादी पार्टीबाट भने आज कोही पनि मन्त्री बनेनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij