वेबटिभी खबर
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोही जिल्लाको माप्य दुधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङ तार जालीको पर्खाल लगाउने क्रममा शुक्रबार माटोको ढिस्कोले पुरिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको तत्कालै उद्धार गरी जिल्ला अस्पताल फाप्लुतर्फ पठाएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij